काठमाडौं, ०६ भाद्र – संसार महामारीका कारण आक्रान्त बनेको छ । तर नेपालमा सत्ताधारी पार्टी नेकपा भित्रको कलह र नेपाल उद्योग वाणिज्य महासंघमा छताछुल्ल विवादले सरकार र निजी क्षेत्रको साँख धुमिल बन्दै गएको छ । स्वार्थ केन्द्रित आपसी वेमेल र वैमन्स्यताका कारण जसरी सरकार र राजनैतिक नेताहरु जनउत्तरदायी हुन सकेका छैनन त्यसैगरि ब्यवसायीक नेताहरु ब्यवसायीहरु प्रतिको दायित्व निर्वाह गर्न चुकिरहेका देखिन्छन । कोभिड १९ बाट सिर्जित बिषमताबाट निजी क्षेत्रलाई परेको असर भयावह हुँदाहुँदै पनि आ आफ्नै डम्फु बजाउन मस्त र व्यवसायी बन्धु बान्धवहरु भाई फुटे गोबर लुटे गर्न मै व्यस्त देखिन्छन । वर्तमानमा कोल्टे फेर्दै गरेको अर्थतन्त्रको स्वरुपलाई नियाल्ने र भडखालोबाट तमाम व्यवसायीलाई निकाल्ने दायित्व लिन नसक्ने तथा क्षमता प्रदर्शन गर्ने ल्याकत नहुने नेता गणहरुका कारण साना तथा मझौला उद्योग झनै समस्याग्रस्त बन्दै जाने देखिएको पनि छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा कसरी राजनीति गर्ने भन्नेमै मस्त देखिदा देशले भग्नु परेको महामारी एकातिर छ भने आम मानिसको नियति टुलु टुलु हेर्ने वाहेक केहि रहेको छैन । कोरोना कहर र यस प्रतिको लापर्वाहि यतिसम्म बढेको छ कि विज्ञहरु फेरि पनि लकडाउनको पक्षमा पुगे भने सरकार स्थानीय निकायलाई जिम्मा दिएर निषेधाज्ञा लगाउदै रणनीतिमा पुग्यो यो नीतिले सरकारलाई कुनै पनि असर नपर्ने उनीहरुको विष्लेशण रहेको पाईयो ।
यो सरकारको काइते नीतिले मझौला ब्यवासायी भने टाट पल्टीने अवस्थामा पुग्ने पक्का भएको छ । तर यहि महामारीका बीच नेपाल उद्योग वाणिज्य महासंघमा भने चुनाव गराउने र नगराउनेको मारामारी चलीरहयो । चैत्रबाट सर्दै आएको चुनाव तथा साधारण सभा साउन ,२६ र २७ गते लाई तोकिएको थियो । तर सरकारले २५ जना भन्दा बढिको भेलालाई बर्जित गरेकोले महासंघले सरकारले सभा, सम्मेलन तथा भेला गर्न दिने भनेसंगै १५ दिन भित्र साधारण सभा गर्ने भन्ने निर्णय अध्यक्ष भवानी राणा , बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र निवर्तमान अध्यक्ष पशुपति मुरारका समेतको बहुमतले निर्णय गर्यो ।
यसमा एसोसियट उपाध्यक्ष चन्द्र ढकाल, बस्तुगत उपाध्यक्ष उमेश लाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसीले नोट अफ डिसेन्ट लेखे । यसबाट महासंघ भित्रको विवाद झनै चुलिदै गयो । अन्तत: इस्यु नमिल्दा यसमा त्रिपक्षिय भिडन्त देखा पर्यो । यस माझ प्रधान पक्ष चुनाबको हतारो नगर्नेमा देखियो भने ढकाल पक्षको बुझाई विपक्षी खेमाले चुनाव हार्ने देखेर चुनाब सार्ने खेल भयो भन्ने रहयो । अर्को तर्फ अध्यक्ष राणा पक्षधरमा अन्यौलको अवस्थामा देखियो ।
अहिलेको अवस्थामा महासंघमा अध्यक्ष बन्ने लाइनमा पालो कुरेर बसेका मसिहा शेखर गोल्छा दुई हेविवेट उम्मेदवारलाई कसरी पाखा लगाउन सकिन्छ भनेर दाउ खेपेर बसेको देखिन्छ । उनको पारा देख्दा लाग्छ उनी महासंघलाई जोडन होईन तोडन उद्यत छन्। मिलाउने होईन भडकाउन मै कायल छन्। आखिर किन उनी विवादको कित्ता कोर्दै छन्। भावी अध्यक्षलाई यसो गर्न कुन नैतिकताले देला ? यो प्रश्न वास्तवमै घायल पार्ने खालको छ । किनकी बुझ्नेले कुरा नबुझे पछि भने झै उनी आफुले आँफैलाई चिन्न नसक्दा आम व्यवसायीहरुले भारी ह्रदय पार्दै आँफैले बनाएको नेता प्रती अहिले विश्वासको संकट देखिएको बताउन थालेका छन्।
यता कडा मेहनतले व्यापारिक साम्राज्य खडा गर्न सकिन्छ भनेर उदाहरणिय ब्यक्तित्व बन्न सफल चन्द्र प्रसाद ढकाल र नेपाल कम्युनिष्ट पार्टिका संस्थापक पुष्पलाल श्रेष्ठका सुपुत्र उमेश लाल श्रेष्ठको ओजनदार व्यक्त्तित्वका कारण इतर पक्षकाहरुमा हारको संत्रास फैलिएको बताईन्छ । हिजोको दिनमा सभासद बन्ने प्रस्ताव नै लत्याउदै बुवाको राजनीति विरासतबाट पाउने फाईदालाई तिलान्जली दिदै उमेशलालले नेपालमा औषधी उद्योगका लागि दिनरात खटिदै ब्यवसायी क्षेत्रमा रोल मोडलका रुपमा उदाए । ढकाल पनि सामान्य हैसियतबाट माथि उठदै आफ्नो पहिचानलाई यस मुकामसम्म ल्याउन सफल भएका हुन ।
चुनावी मैदानमा यि दुई उम्मेदवारको प्रभाव र जिल्ला नगरका उपाध्यक्ष उम्मेदवार गुणनीधि तिवारी र एसोसिएट उपाध्यक्ष रामचन्द्र साङघाई प्रतिको विश्वास प्रकट हुन थाले पछि किशोर प्रधान समुहको लगाम समातेर बसेका शेखर गोल्छा झनै हतास बन्न पुगे । ढकाल समुहले सजिलै जित्ने देखेपछी गोल्छा आफैलाई बनको बाघले नखाएपनि मनको बाघले खाएको देखिन्छ । उनैले केही समय अघि मात्र अध्यक्ष भवानी राणा विरुद्ध बिष वमन गरे, चण्डिराज ढकाल विरुद्ध अनेक तुरुप भाले तर उनको जुन सपना बुनेका थिए त्यस सपना तुषरापात भैराखेको छ । उनले महासंघ भित्रका सहयात्रीको भलो भन्दा पनि आफनै स्वार्थ हेरे । अन्तत प्रकृतिले पनि उनलाई साथ दिएन । शायद यो पछील्लो स्थितीले उनको अध्यक्ष बन्ने बाटो रोकिरहेको छ । कोही कोही भन्छन यो कर्म अनुसारको फल हो । खैर जे सुकै होस् महासंघ भित्र मिल्ती हुनुपर्छ ।
महासंघ भित्र राणा, गोल्छा, ढकाल, श्रेष्ठ वाहेक पनि अन्य तमाम समेतको योगदानलाई कम आँक्न मिल्दैन । आर्थिक हैसियत तल माथि होला तर बौद्धिक क्षमता र नेतृत्व दिन सक्ने खुवी भएका आईडियल म्यानको कुनै कमी छैन । देशको अर्थतन्त्रलाई उकास्न सक्ने क्यालिबर बिजनेस लिडरहरु थुप्रै छन्। तीनलाई ग्रूम गर्न उत्तिकै आवश्यक छ । तर खिचातानीले गर्दा महासंघ भित्र राजनैतीक दाउपेच उत्कर्शमा पुगेको देखिन्छ ।
न त अहिले राणा नेतृत्वमा महासंघलाई अघि बढाउन सहज छ, न त भोली आउने कसैलाई सहज नै होला । तसर्थ शेखर गोल्छाले बुझ्नपर्ने कुरा अध्यक्षलाई असफल बनाएर संस्थाको गरिमा झुकाउनु र साँख गिराउनु आफ्नै जग हसाउनु शिवाय के होला । तसर्थ म, म भन्ने भ्रमबाट मुक्तहुन जरुरी छ । भोलीको पुस्ताले पनि विश्वास गर्न लायक नबन्ने स्थिती नआउला भन्न के बेर, यो पनि सोच्दा उत्तम हुनेछ ।
कोविडको कारण रोकिएको महासंघको चुनाबले भने नयाँ मोड लिदै छ । पछील्लो पटक दुबै पक्षको ३,३ जना सम्मेलित समितिले प्रदेश र केन्द्र गरी चुनाबको मोडल तय गर्ने पक्का देखिन्छ । मंसिरको दोस्रो साता नेपालीहरुको चाड पर्व पनि सकिने र कोविडबाट पनि केहि नियन्त्रण आउने आङकलन सहित साधरणसभा तथा चुनाव गर्ने निधोमा पुगेको देखिन्छ । जिल्ला नगरको सात प्रदेशमा र बस्तुगत तथा एसोसिएटको केन्द्रमा चुनाव गर्न सक्ने निष्कर्स नजिक पुगेको देखिन्छ । यसो गर्नाले एकातिर अहिलेको कोभिड समस्यालाई केहि हल गर्छ भने महासंघको बढ्दै गएको चुनावी खर्चलाई समेत कम गर्न मद्दत गर्नेछ । अन्तमा जोजाहा भएपनी कोरोना कहरका कारण तहस नहस बनिरहेको निजी क्षेत्रलाई उठाउने जिम्मा उनी नेपाल उद्योग वाणिज्य महासंघकै भएको हुनाले यो घडीमा सबै एकै ढाउमा आएर उभिनुको विकल्प समेत छैन ।
FACEBOOK COMMENTS