काठमाण्डौँ – महिन्द्रा गु्रप अन्तर्गत रहेको महिन्द्रा पावरले हालै नेपाली बजारमा विभिन्न रेन्जका डिजेल जेनेरेटरहरू ल्याएको छ ।
२५०– ३२० केभिएसम्मका जेनेरेटरहरूमा महिन्द्राका एमपावर सिरिज इन्जिनहरू लगाइएको कम्पनीले जनाएको छ ।
सीआरडी इन्जिनहरू चुस्त एवं विशेष किसिमले निर्माण गरिएको हुने भन्दै कम्पनीले इन्धन किफायत गर्न तथा ठूला–ठूला कार्य गर्नको लागि यस प्रविधिको प्रयोग गरिएको बताएको छ ।
वातावरण प्रदूषण हुनबाट समेत जोगाउँदछ भन्दै कम्पनीले हाल बजारमा ल्याइएको जेनेरेटरहरूमा पनि यही प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको जनाएको छ ।
हालै महिन्द्रापावरले नेपाली बजारमा ७.५ केभिएदेखि २०० केभिएसम्मका डिजेज जेनेरेटरहरू प्रस्तुत गरेको छ ।
FACEBOOK COMMENTS