काठमाडौं, पुस २० – माछापुच्छ्रे बैंक र महिन्द्रा ब्रान्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यावसायिक सम्झौता भएको छ ।
सम्झौतासँगै महिन्द्रा ब्रान्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकलाई माछापुच्छ्रेले सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको हो ।
सम्झौतापत्रमा अग्निका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS