काठमाडौं – महिन्द्राले नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ नामक नयाँ गाडी अनावरण गरेको छ ।
नक्सालको महिन्द्रा शोरुम अग्नि इन्कर्पोरेटेड प्रालीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो ।
आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्क युक्त ‘प्लस न्यु एक्सयूभी५००’ ले उत्कृष्ट एसयूभी समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ ।
गाडीको उन्नत लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिने छ ।
कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पस् सहितको विद्युतीय सनरुफ, न्यु स्मार्ट वाच कनेक्टीभिटी, जीपीएस नेभिगेसनयुक्त १८ सेमी टचस्क्रिन इंफोटेन्मेन्ट, आदिले यस नयाँ गाडीको सवारीलाई अझ बढी गुणस्तरीय बनाउँछ ।
गाडीमा छ वटा एयरब्याग, एबीएस वीथ ईबीडी र आफ्नो श्रेणीमा आकस्मिक कल गर्न सकिने छ । यस गाडीका पांग्राहरूमा डिस्क ब्रेकहरू जडित छन् जसले गर्दा गाडी उकालोमा पनि सन्तुलित रहने र ओरालो लाग्दापनि नियन्त्रणमा रहने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ गाडीको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS