काठमाडौं, माघ ६- एम.भी. दुगड़ ग्रुपले नेपाली बजारमा VX-90 Backhoe Loader बिक्रीबितरण सुरु गरेको छ ।
निर्माण सामग्री प्रर्दशनी Nepal Buildtech 2020 को अबसरमा एम.भि.दुगड़ ग्रुपका उपाध्यक्ष विवेक दुगड़का साथै महिन्द्रा ट्रक्स एण्ड बस नेपालकालागि सेल्स मेनेजर गौरव पाण्डे महिन्द्रा निर्माण सामाग्री नेपालकालागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफअपरेसन तारा थापाले संयुक्त रुपमा VX-90 Backhoe Loader लञ्च गरेका थिए ।
बिभिन्न सफल ब्यबसायका स्रिङ्खखला अन्तर्गत अत्याधुनिक निर्माण उपकरणमा आधुनिककरण तथा अनुसन्धानका नबिनतम कार्यहरुलाई अगाडी बडाउने क्रममा भारतको प्रतीष्ठीत कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमीटेडबाट उत्पादीत निर्माण उपकरणहरुको बिक्रीबितरण दुगड़ब्रदर्स एण्ड सन्स प्रा.ली. बाट हुदै आएको छ ।
उक्त कार्यक्रमा ५ जना ग्रहाकलाई Backhoe Loader (VX-90) को चाँबी हस्तान्तरण गरिएको थियो । एम.भी. दुगड़ ग्रुपले निर्माण सामग्री प्रर्दशनी Nepal Buildtech 2020 को यस अबसरमा Motor Grader (G-90), Backhoe Loader (VX-90) / Blazo-25 Tripper प्रर्दशनिमा राखेको थियो ।
Backhoe Loader (VX-90)का विषेशता यस प्रकारका छन्
• Gross Power: 91HP@ 2200 rpm
• Gross Torque: 360Nm@1400-1600RPM
• 10%* more savings with Mahindra Engine
• Advanced control levers for Fatigue less operation
• 21st styling, with plush car like interior
• AC cabin
• Substantially faster machine
प्रदशनमा राखिएका उपकरणहरु नेपालको बाटो र माटोलाई सुहाउदो रहेका छन् । यी बिभिन्न मोडलका निर्माण उपकरणहरु ब्याकहो लोडर,ग्रेडर आदी कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधी, उच्चत ममाईलेज तथा बेजोड कार्यक्षमताका बिषेशता रहेको छ ।
अत्याधुनिक प्रविधी उच्च फिनीसीङ्ग क्षमताको साथमा साना ,मझौला तथा फराकिला बाटोमा समय सापेक्ष प्रयोग गर्न सकिने भएकोले कम लागतमा आधुनिक मापदण्डको स्तरमा बाटोहरु निर्माण गरी नेपाल जस्तो विकासोन्मुख देशको निर्माण जगतमा क्रान्ति ल्याउने कम्पनिले दाबी गरेको छ ।
यसैगरी Backhoe Loader (VX-90) कम लगानीमा बजारमा रहेका अन्य Machine भन्दा कम ईन्धन खपत गर्दै सिघ्र तथा उच्चकार्य संपादन गर्न सक्ने कुरा कम्पनिले जनाएको छ ।
FACEBOOK COMMENTS