काठमाडौं – महिन्द्राले यहि फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा लाईफ स्टाईल अटो शो ‘महिन्द्राउदय’ २०१९ फेस्टीवल गर्ने भएको छ ।
उक्त फेस्टीवल अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको हो ।
उक्त शोमा महिन्द्राले मोविलीटी सोलुसन अन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म प्रदर्शन गर्ने भएको छ ।
त्यस्तै, महिन्द्राको विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रोडक्टहरुको प्रदर्शनी हुने छ । नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरु, हेवी कमर्शीयल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकल अन्तरगत फ्युरीयोको प्रदर्शनी गर्ने भएको छ ।
त्यसैगरी, उक्त शोमा स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर, सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र ईभेरिटोको प्रदर्शनी हुँदै छ ।
२०.७ बिलीयन अमेरिकी डलरको कम्पनी महिन्द्राले कार्यक्रममा रेसिङ् इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गर्ने भएको छ । महिन्द्राको एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ईअल्फाको पनि प्रदर्शनी हुने आयोजकले बताएका छन् ।
FACEBOOK COMMENTS