काठमाडौं – महिन्द्राले ल्याउन लागेको नयाँ एमपीभी अर्थात मल्टि पर्पोज भेइकलको नाम सार्वजनिक गरेको छ ।
पहिले यू३२१ कोड नेमबाट परिचित सो गाडीको नाम महिन्द्रा मराजो हुनेछ ।
आगामी सेप्टेम्बर महिनामा सो गाडी लन्च गरिने छ । महिन्द्रा मराजो न्यु मोनोकक प्लेटफर्ममा तयार गरिएको छ । यो ७ वा ८ सिटर अप्सनमा उपलब्ध हुनेछ ।
मराजो स्पेनिस भाषाबाट लिइएको हो । स्पेनिस भाषामा मराजोको अर्थ शार्क हुन्छ । मराजोको डिजाइन शार्कबाट प्रभावित छ । समुद्रमा पाइने शार्कको दाँत जस्तै यसका क्रोम ग्रिल छन् । त्यसैगरी पछिल्लो भागमा शार्कको पुच्छर जस्तै टेल ल्याम्प्स हुनेछ ।
यसमा शार्क फिन एन्टेना पनि हुनेछ, जसले ओभरल डिजाइनलाई कम्प्लिट गर्नेछ ।
पछिल्लो भागको एसीसँगै अटोमेटिक क्लाइमेट कन्ट्रोल फिचर उपलब्ध हुनेछ ।
भारतमा महिन्द्रा मराजोको मूल्य १० देखि १५ लाख भारुको बीचमा हुने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS