काठमाडौं– महिला चेम्बर प्रतिनिधीमण्डलले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीसँग भेटवार्ता गरेको छ ।
महिला चेम्बरका संस्थापक अध्यक्ष तथा राजदुत डा. अन्जान शाक्य र महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको संयुक्त नेत्रीत्वमा रहेको प्रतिनिधीमण्डलले नेता अधिकारीसँग भेट गरेको हो ।
भेटका क्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीले महिला चेम्बरको कार्यभार सम्हाल्दै गर्दाको अवस्थामा राजदूत नियुक्त भएकामा डा. अन्जान शाक्य र महिला चेम्बरको अध्यक्ष भएकामा उर्मिला श्रेष्ठ एबम् कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै महिलाको आर्थिक सशक्तिकरण बिना देशको विकास असम्भव रहने पनि बताए ।
नेता अधिकारीले आगामी दिनमा आउने बजेट महिला मैत्री हुनु पर्ने औल्याउदै त्यसले महिलाको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने राय पेश गरेका थिए ।
त्यसैगरि महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष सुश्मा शर्मा एबम् अंबिका शर्मा र बरिस्ठ सल्लाहकार अन्जना ताम्राकारले महिलाको आर्थिक सशक्तिकरणको मुद्धा यस समयमा निकै सान्दर्भिक रहेको बताएका थिए ।
FACEBOOK COMMENTS