ललितपुर, २६ पौष – ललितपुर महानगरपालिका, वार्ड नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले महिलाको आर्थिक शसक्तिकरणमा महिला समुहले प्रभावकारी भूमिका खेल्नु पर्ने बताएका छन् । थसिखेल स्थित महिलाहरुले गठन गरेको शुभारम्भ महिला समुहको घोषणा कार्यक्रममा प्रमुख अतिथीको आसनबाट संबोधन गर्ने क्रममा उनले सो कुरा राखेका हुन । सो अवसरमा वडाध्यक्ष श्रेष्ठले महिला सशक्तिकरणका लागि वडास्तरमा हुँदै आएका आय आर्जनमुलक कार्यक्रम बारे प्रकाश पार्दै वडाले महिलाहरुलाई आत्मनिर्भर बन्न अभिप्रेरित गर्दै आएको पनि बताए । वडाध्यक्ष श्रेष्ठले विकास प्रकृयामा महिला सहभागीताको खाँचो औल्याउदै महिलाहरुले आफनो सकृयता बढाएमा वडा स्तरमा छिट्टै नै विकासको उदेश्य प्राप्त गर्न सकिने धारणा समेत ब्यक्त गरे ।
वडा सचिव मुकुन्द रन्जितले महिला समुह गठन हुनु प्रशंनिय कार्य भएको उल्लेख गर्दै सामुहिक हितका लागि एक आपसमा मिलीजुली काम गर्न आग्रह गरे । त्यस्तै, थसीखेल महिला समुहकी अध्यक्ष वसन्ती रिजालले महिलाको पिरमर्काको सुनुवाई देखी आर्थिक शसक्तिकरण र वडाको विकास प्रकृयामा समुह गठनले सघाउ पुग्ने विचार राखिन ।कार्यक्रममा सिद्दिबिनायक महिला समूहकी कोषध्यक्ष अमिता थापाले समुहमा आवद्ध हुँदै गर्दा महिलाहरुले सक्षम र आत्मनिर्भर बन्ने तर्फ ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिईन् ।
समुहकी संयोजक मनिला थपलियाले सभापतिको आसनबाट बोल्दै समुहले महिला दिदी वहिनीहरुको सामुहिक हितका निम्ती एक आपसमा सहकार्य गर्ने परिपाटी निर्माणमा जोड दिने बताईन् ।
कार्यक्रम माझ शुभारम्भ महिला समुह ३१ सदस्यिय रहेको अवगत गराउदै समुह घोषणा गरिएको थियो ।
FACEBOOK COMMENTS