काठमाडौँ — नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छिन ।
नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले उक्त धारणा राखेकी हुन ।
अध्यक्ष श्रेष्ठले महिलाहरु समेत व्यवसायमा लाग्नुपर्ने बताईन ।
अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी गराएकी थिईन ।
यस्तै नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता माझ बिर्तामोडमा आयोजित अन्तरक्रिया सहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS