काठमाडौं ।हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको छेकोमा हरेक दिन जसो नयाँ तिज गित सार्बजनिक भैरहेका छन् । यसैक्रममा सामाजिक अभियन्ता एवं महिला उद्यमी ताराकुमारी खत्री रोकायाले पनि आफ्नो पहिलो तिज गित “साह्रै पिर पर्दो रहेछ”सार्बजनिक गरेकी छिन ।
तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरुमा सार्है भड्किला शब्दहरु प्रयोगमा आइरहेका छन् ।उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा आफ्नै कला संस्कृती र मौलिकताको जगेर्ना गर्ने हेतुका साथ खत्रीले परम्परामा आधारित तीज गीत लिएर आएकी हुन ।
चाडपर्व माइत जान नपाउँदा एउटा चेलीलाई गाउँघरमा पर्ने वास्तविक पिडाको अवस्थालाई गीतमा समेटिएको उनले जनाईन । उक्त गीतमा निर्देशन,अभिनय,शब्द,आवाज तथा संगीत स्वयं तारा कुमारी रोकायाको छ। सो गीत पुर्णतारा फाउन्डेसनको निर्माणमा तयार पारिएको ।
नेपालगन्जमा छायांकन गरिएको सो गीतको भिडियो निर्मल कुमार बुढाले खिचेका छन् । सम्पादन भिडियो निर्देशक विपिन खडकाले गरेका छन् । भिडियो उज्यालो एचडि टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
FACEBOOK COMMENTS