काठमाडौं, वैशाख २३ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई कोरोना संक्रमण भएको छ । मन्त्री महतोले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको जानकारी गराएकी हुन् । उनले आफू चिकित्सकको निगरानीमा रहेको बताएकी छिन् ।उनले भनेकी छन्, ‘‘मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ । सजग बनौं ।’
नेपाल सरकारका ५ जना मन्त्री कोरोनाबाट संक्रमित भएका छन् । उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा र पर्यटनमन्त्री भानुभक्त ढकाललाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।
FACEBOOK COMMENTS