अन्जन राज न्यौपाने,
तनहुँ, ८ आश्विन – तनहुँका संचारकर्मी महिलाहरूकाे बुधबार दमाैलीमा सम्पन्न एक भेलाले महिला सशक्तीकरण संचार समाज गठन गरेकाे छ ।
भेलाले प्रकृति खनालकाे अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेकाे हाे । समाजकाे उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, काेषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ रहेकी छन्। त्यस्तै सदस्यहरूमा सम्झना आजिमा खातुन, बिन्दु नैनाबस्ती, काेपिला सुनार, मनु सापकोटा, शर्मिला वि.क र अस्मिता खनाल रहेका छन।
जिल्लामा रही संचारक्षेत्रमा समन्वयत्मक हिसाबले यस क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूकाे पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउने हेतुले संस्था गठन गरिएकाे नवनिर्वाचित अध्यक्ष खनालले जानकारी दिईन ।
समाजले तनहुँ कार्यक्षेत्र बनाई संचार संस्थासंग आवद्व महिलाहरूकाे हकहितमा काम गर्ने सचिव अञ्जु दाहलले बताईन्।
समाजकाे आगामी बैठकबाट तनहुँका प्रत्येक स्थानीय तहमा संयाेजक ताेकी महिला सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी तवरले शुरू गरिने संचार समाजकी सदस्य विन्दु नैनावस्तीले जानकारी दिईन्।
FACEBOOK COMMENTS