काठमाडौं, चैत १८ – महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिक साधारण सभा अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरको सभाहलमा आज २०७७ साल चैत्र १८ गते बुधवारका दिन सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष श्री अमृतचरण श्रेष्ठज्यूले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पूँजी रहेको यस वित्तीय संस्थाले आ.व.२०७६÷०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७÷०७८का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सम्पन्न साधारण सभाबाट रिक्त २ जना सर्वसाधारण शेयरधनीका तर्फको संचालकमा श्री सरिता श्रेष्ठ र श्री दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस वित्तीय संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखा मार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्र्दै आएको छ ।
FACEBOOK COMMENTS