काठमाडौँ, कात्तिक १३ – महेन्द्रनगरस्थित बस पार्कबाट प्रहरीले हिजो साँझ अवैध रुपमा भित्रिएका छ कट्टा विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ। चार कट्टा दार्चुला जानका लागि छुट्नै लागेको सुप्रप ०२ ००१ ख ९४३ नम्बरको बसमा लोड गरिएको अवस्थमा र दुई बोरी पटाका महेन्द्रनगर बजारको गल्ली नं ५ को चौलानी पुस्तक पसलबाट बरामद गरेको हो।
बरामद पटाका पुस्तक पसल सञ्चालक दिनेश खडायतको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।
FACEBOOK COMMENTS