काठमाडौं, आश्विन १२ – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीलाइ माइक्रोले ठक्कर दिएको छ।सीतापाइलाबाट अनामनगर आउँदै गर्दा उनलाइ माइक्रोले ठक्कर दिएको हो।
रसाइलीको कुम र खुट्टामा चोट लागेको नेविसंघको निवर्तमान केन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए। नेपालीले भने ‘डाक्टरले अवस्था सामान्य नै छ भन्नूभएको छ। उहाँको कुममा र खुट्टा सडकमा दरालिएर चोट लागेको छ।’ रसाइली अहिले नर्भिक अस्पतालमा उपचाररत छन्।
FACEBOOK COMMENTS