अन्जनराज न्यौपाने
तनहुँ ,श्रावण १६ – जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले बिहीबार विना माक्स पैदल यात्रागरि हिडेका यात्रुहरूलाई कारबाही गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका विरुद्धमा जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रण गराउने उदेश्यले नेपाल सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त सक्रियतामा कारबाही गरिएको हो ।
आज गरिएको कारवाहीमा ७२जना मानिसहरुलाई प्रतिव्यक्ति १ सयका दरले जरिवाना गरी सचेत गराई छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए ।
FACEBOOK COMMENTS