काठमाडौं, माघ १- बुधबार नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ ।
मंगलबार ७४ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज सात सय रुपियाँले बढेर प्रतितोला ७४ हजार सात सय रुपियाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी तेजावी सुन बुधबार तोलामा ७४ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तोलामा रु ८८० मा कारोबार भएको चाँदी बुधबार बढेर रु ८८५ मा कारोबार भएको छ ।
FACEBOOK COMMENTS