काठमाण्डौं– २५औं क्यान इन्फोटेक मेला भृकुटी मण्डपमा शुरु भएको छ । माघ २० गते सम्म चल्ने मेलाको उद्घाटन सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बास्कोटाले डिजिटल नेपाल बनाउनको लागि सरकारले कनेक्टीभीटी निमार्णमा जोड दिएको बताएका छन् । सुचना प्रविधीलाई सरल बनाउन कनेक्टीभीटीको आवश्यक रहेको भन्दै यसको सहजको लागि नेपालको आफ्नै सेटललाईट राख्ने बताएका छन् ।
नेपालको आफ्नै सेटललाईट हुँदा ब्याण्डविथ आयत गर्नु नपर्ने बताएका छन् ।
मन्त्री बास्कोटाले प्रविधी व्यवसायीलाई कम आय भएका मान्छेले पनि चलाउन सक्ने प्रविधी बनाउन आग्रह गरेका छन् । उनले सरकार र व्यवसायी संग सगै हिड्नु पर्ने पनि बताए ।
व्यवसायीका कुनै समस्या भए सरकारलाई कन्भीस गर्ने आग्रह गर्दै त्यसमा सरकार छलफल गर्न तयार रहेको बताएका छन् । स्थीर र बलियो सरकार आएकाले कोहि पनि निराशा हुनु नपर्ने बताएका छन् । उनले विगतमा आफुहरुले कुनै गल्ती गरेको भए त्यसलाई सच्चाउँदै लैजाने भन्दै सरकार संग निरन्तर छलफल गर्न भनेका छन् ।
FACEBOOK COMMENTS