काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको भदौं ११ गते बसेको संचालक समितिले गत आर्थिक बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण गर्न प्रस्तावगर्ने निर्णय गरेको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशतबोनस शेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपंैया संचित छ ।
माछापुच्छ्रे बैंकले नयाँशाखाहरु मार्फत कर्जा, निक्षेप लगायतकाअन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवापनि उपलब्ध गराउदैँ आएको छ ।
बंैकले सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेको बैंकले जानकारी दिएको हो ।
FACEBOOK COMMENTS