काठमाण्डौँ — माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरामा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।
बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
त्यससँगै डडेलधुरामा पर्नेवागेश्वर गाँउपालिको रुपाल रगन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ्गाँउपालिको कोट रपाँचधारे,सदानन्द नगरपालिको साङ्पाङ् रपौवाडुङ्मागाउँपालिकाको च्याङ्रेमा पनि४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ५२ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।
ग्राहक सेवा केन्दको रुपमा संचालित शाखा रहित सेवा केन्दहरुबाट खाताखोल्ने, रकमजम्मागर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
FACEBOOK COMMENTS