काठमाडौं,फागुन २८- माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुमन शर्मालाई बैंकको सञ्चालक समितिले अवकाशको पत्र थमाएको छ। चार वर्षका लागि सिइओ नियुक्त भएका शर्मालाई २३ महिनामै विदा गरिएको हो ।
फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। उक्त निर्णय बमोजिम शर्मालाई बुधबार पत्र दिँदै चैत १ बाट अवकाश दिइएको जानकारी दिएको हो।
सञ्चालक समितिले शर्मालाई हटाएसँगै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि चैत १ गतेदेखि लागु हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई बैंकको कायम मुकायम सिइओको जिम्मेवारी तोकेको छ।
नेपाल राष्ट्र बैंकको ब्यबस्था अनुसार बैंकले ३ महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने छ । उनले नै सीइओको जिम्मेवारी पाउने बैंक स्रोतले जनाएको छ ।
७ वर्ष अगाडी माछापुच्छ्रे आएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए।
FACEBOOK COMMENTS