काठमाण्डौँ — माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरे ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ।
यस सगैँ काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।
बैकले सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
FACEBOOK COMMENTS