काठमाण्डौँ — उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई दु्रर्त गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।
सोमबार सिंहदरवारस्थित उर्जामन्त्रालयमा मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परियोजनका प्रमुख विज्ञान श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि टेक्सम्याका सहितको छलफलमा सो निर्देशन दिएका हुन् ।
छलफलमा मन्त्री पुनले कामको गति वढाउन निर्देशन दिनुका साथै निर्माण कम्पनीलाई ७ दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएका छन् ।
समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनी समेत मन्त्री पुनले दिएका थिए ।
टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसिमाभित्रै खाका बुझाउने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS