काठमाण्डौं – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु ६ अर्ब बढीको आवेदन परेको छ ।
यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको यो कम्पनीको साधारण शेयरमा सोमबार साँझसम्म रु ६ अर्ब बराबरको आवेदन परेको हो ।
अन्तिम विवरण भने मङ्गलबार प्राप्त हुने कम्पनीले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ ।
कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो ।
निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले बताए ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
– नागरीक
FACEBOOK COMMENTS