काठमाण्डौँ – माथिल्लो तामाकोशीको सेयर बाँडफाँटमा ढिलाइ हुने भएको छ ।
पहिले सेयर भएकाहरुले दोहोर्याएर आवेदन दिएपछि दोहोरिएका आवेदन हटाउनका लागि बिक्री प्रबन्धक नागरिक लगानीकोषले आवेदन जाँच गरिरहेको छ ।
कोषका मर्चेन्ट बैंकिङ विभागका प्रमुख रोशनजंघ कार्की आवेदन दोहोर्याएर दिएपछि समयमै सर्बसाधारणका लागि खुला गरिएको सेयरको बाँडफाँट गर्न नसकिएको बताउँछन् ।
यसअघि कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गरेको थियो ।
कार्कीका अनुसार अहिलेसम्म १२ हजारको हाराहारीमा त्यस्ता आवेदकलाई छानिसकिएको छ ।
कोषले मंसिरको पहिलो साता सेयर बाँडफाँट गर्ने गरी काम अघि बढाएको छ ।
यदि यो समयमा पनि नसकिए दोस्रो सातामा भने बाँडफाँड हुने कार्कीले बताए ।
कोषका अनुसार आवेदन दिएका सबैले चालिस कित्ता पाउने र केहीले ५० कित्ता पाउनेछन् ।
FACEBOOK COMMENTS