काठमाण्डौं– सर्वसाधारणलाई माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आइपिओंं) खुलेको छ।
अंकित मूल्य १ सयका दरले कम्तीमा ५० कित्ता तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निश्कासन गरिएको हो।
जसमा सामुहिक लगानी कोषहरुका लागि ७ लाख ९४ हजार २५० कित्ता छुट्याइएको छ।
बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार छिटोमा कात्तिक १९ गतेसम्म आइपिओमा आवेदन दिन सकिनेछ।
FACEBOOK COMMENTS