काठमाण्डौं — तामाकोसी जलविद्युत् आयोजनामा सेयर आवेदन दिएका सर्वसाधारण सबैले ४० कित्ता सेयर पाउने भएका छन् ।
मंगलबार भएको सेयर बाँडफाँटका क्रममा आवेदन दिने ३ लाख ३४ हजार ७५ जनालाई न्यूनतम ४० कित्ता परेको हो ।
बाँडफाँटबाट बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ता गोला प्रथाबाट वितरण गरिएको थियो ।
गोला प्रथाबाट छानिएका १ लाख ७२ हजार ७ सय ७५ जना आवेदनकर्ताले थप १० कित्ता सेयर पाउने भएका हुन् ।
दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आगामी वर्षदेखि उत्पादन थाल्ने अनुमान छ ।
यसअघि नै आयोजनाले आयोजना प्रभावित दोलखाबासीका लागि छुटयाएको सेयर बाँडफाँट गरिसकेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS