काठमाण्डौँ — रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकिएको छ।
सन् २०१९ डिसेम्बरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ।
अहिले पावर हाउसको फाउन्डेसनमा ढलान गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताए।
१४।८ मेगावट क्षमताको आयोजनाको करिब ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ।
२०७६ असोजमा परीक्षण उत्पादन सुरु हुने आयोजना प्रमुख महतले बताए।

— नागरीक
