काठमाडौ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर ७ महिनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको जिकिर गरे।
चालू दोस्रो अधिवेशनको ७९ औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको उनको दावी थियो ।
नेता माधव कुमार नेपाल विशेषगरी गृहमन्त्रीको कार्यशैली प्रति आक्रोश पोखेका छन् । उनले देशमा गृहमन्त्री र गृहप्रशासन भएको अनुभुती जनताले गर्न नसकेको गुनासो गरे ।
संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उनको गुनासो थियो ।
FACEBOOK COMMENTS