काठमाडौं, ०६बैशाख- राष्ट्रिय समावेशी आयोगले हाल कोभिड १९ का कारण गहिरिदो संकट र यसबाट निम्तिएको मानविय समस्या समाधानमा ध्यान केन्द्रित गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । आयोगले ०४ गते प्रेस विज्ञप्ती जारी गर्दै यथासिघ्र समस्या समाधानका लागि सहयोग गर्न सुझाउदै समस्याको समाधानका लागि गाम्भिर्यताको खाँचो औल्याएको हो । आयोगले ज्येस्ठ नागरिक, अपाङ्गता भएका ब्यक्त्ति, किसान, मजदुर, श्रमिक, पिछडा वर्ग, सिमान्तकृत वर्ग, दुर्गम तथा कर्णालीबासी तथा लोपोन्मुख वर्गहरुको अवस्था दिनानुदिन अत्यन्त दयनिय हुँदै गएको उल्लेख गर्दै उनीहरुका हरेक समस्याको समाधान गर्न संघिय, प्रदेश र स्थानिय सरकार, पेशाविद्, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिक सम्पूर्णले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उल्लेख गरेको छ ।