काठमाडौं,मंसिर २०- १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत आज भएको पुरुष क्रिकेटमा नेपालले माल्दिपभ्सलाई ८४ रनले पराजित गरेको छ ।
क्रिर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिपभ्सलाई ८४ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६३ रन बनाएको थियो ।
१६४ रनको विजय लक्ष्य पछ्याएको माल्दिभ्स ७९ रनमै समेटियो । ओभर खेल्दै माल्दिपभ्सले २० ओभर खेल्दैं ६ विकेटको क्षतिमा ७९ रन मात्र बनाउन सफल भयो । ।माल्दिभ्सका लागि मोहमद रिसवान र मोहम्मद आजमले समान १३ रन बनाए भने अली इभानले ११ रन बनाए । यसबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन असफल रहे ।
नेपालका लागि सुसन भारी र ललित नारायण राजवंशीले समान २र२ विकेट लिए भने पवन सराफले एक विकेट लिए ।
FACEBOOK COMMENTS