काठमाडौं, जेठ ४ – सर्वोच्च अदालतले मास्क नलगाउनेसँग जरीवाना लिन नमिल्ने ठहर गर्दै नागरिकलाई जरीवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरीवाना लिने तथा उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा कडाइका साथ पालना गराउने क्रममा प्रहरीले मास्क नलगाई हिँडेमा जरीवाना लिने र होल्डिङ सेन्टरमा राखेर छोड्ने गरेको छ । तर, ‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल रहेको भन्दै सर्वोच्चले सो आदेश जारी गरेको हो ।
सर्वोच्चमा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरीवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्न÷नगराउन आदे दिइएको छ ।
FACEBOOK COMMENTS