काठमाण्डौँ — लमजुङको मध्यनेपाल नगरपालिका स्थित करापुटारमा निर्माण भएको मिदिम खोला लघुजलविद्युत् आयोजना ग्रीडमा जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड) मा जोड्न स्वीकृति दिएपछि पछिल्लोपटक यो आयोजना ग्रीडमा जोडिएको हो ।
सय किलोवाट क्षमताको सो आयोजना मदरल्याण्ड इनर्जी ग्रुप र पावर टेक नेपालको प्राविधिक सहयोगमा ग्रीडमा जडान भएको छ ।
यस आयोजनाबाट उत्पादित विद्युत् भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको ग्रुपका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् ।
FACEBOOK COMMENTS