काठमाडौँ, आश्विन २२ – मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाटनै हुने भएको छ । नागबेली लघुवित्तलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरिसकेको मिर्मिरेले असोज १८ गतेदेखि शेयर रजिष्ट्रारको काम नेपाल एसबिआईबाटनै हुने जानकारी दिएको हो ।
नागबेलीलाई प्राप्ती गरेपश्चातको शेयर पनि मिर्मिरेको नाममा असोज १५ गते सूचीकृत भैसकेको छ । मिर्मिरेले नागबेलीलाई प्राप्ती गरेपश्चात कायम भएको २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । साविकका नागबेली लघुवित्तका शेयरधनीहरुले अब मिर्मिरेको नाममा रहेको शेयर व्यवस्थापनको सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेडबाट गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS