दिपक पराजुली
हेटौडा, २२ मंसिर -नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलार्इ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना गर्ने भएको छ ।मोडल सङ्ग्स नेपालले आईतबार हेटौडामा पत्रकार सम्मेलन आयोजक गरि कार्यक्रम आयोजना बारे जानकारी गराएको हो । पत्रकार सम्मेलन माझ कार्यक्रम व्यवस्थापक विवेक बिक्रम शाहले पहिलो अडिसनको समाप्तिसंगै रहर हुँदाहुदै पनि बाध्यता तथा कार्यव्यस्तताका कारण छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको अर्को अडिसन यहि पौष ५ र १२ गते पिज्जा कटर, स्कुल रोड, हेटौंडामा हुने बताए । मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुका साथै “मकवानपुर लिटल स्टार,२०२०” का उत्क़ृष्ट १० प्रतिस्पर्धीहरुले भारतमा आयोजना हुने “ईन्डिया किड्स फेसन वीक”मा सहभागी हुन पाउने आयोजक संस्थाले जनाएको छ । सो अवसरमा प्रतियोगिताका विजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीहरु्लाई बिभिन्न म्युजिक भिडियो, बिज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने जानकारी दिईयो ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलार्इ नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि एक महिना सम्म विशेष प्रशिक्षण दिईैने बताईएको छ ।
प्रशिक्षणको क्रममा प्रतिस्पध्ृिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइृने आयोजकको भनाई छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउने लक्ष्य लिर्इृएको पनि कार्यक्रम व्यवस्थापक विबेक बिक्रम शाहले बताए । यस सौन्दर्य प्रतियोगिताले मकवानपुर क्षेत्रका युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् ।
FACEBOOK COMMENTS