काठमाडौं, चैत ५ – नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ को बिक्री उपत्यका बाहिर पनि शुरु गरेको छ । कम्पनीले उपत्यका बाहिर ५ वटा जिल्लामा ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ लञ्च गरिसकेको छ ।
कम्पनीका कर्पोरेट जनरल म्यानेजर कमल सिटौलाका अनुसार कम्पनीले उपत्यका बाहिर विराटनगर, धरान, झापा, लाहान, जनकपुरमा मिस्टर डोवल्स नम्बर वान लक्जरी’ लञ्च गरी सकेको छ । यससँगै कम्पनीले निकट भविष्यमा उपत्यका बाहिका अन्य स्थानहरुमा उक्त प्रडक्ट लञ्च गर्ने उनले बताए । साथै, सुपथ मूल्यमा उत्कृष्ट ब्राण्ड पाएकोमा उपभोक्ता खुशी भएका उनले जानकारी गराए ।
नेपाली बजारमा अन्तर्राष्ट्रीय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ लाई बजारमा ल्याइएको हो ।
कम्पनीका अनुसार यो ब्राण्ड ७५०, ३७५ र १८० मिलिलिटरको बोतलमा बजारमा उपलब्ध छ । यी ब्राण्डहरु क्रमशः ९२० रूपैयाँ, ४६० रूपैयाँ र २३० रूपैयाँ बजार मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लू रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ ल्याइसकेको छ । निकट भविष्यमा कम्पनीले खेलकुद, सस्कृति जोगाउने कार्यमा सहयोग गर्ने पनि बताए । कम्पनीले लोकप्रिय कार्यक्रम संचालक सुरज क्षेत्रीलाई मिस्टर डोवल्स नम्बर वान लक्जरी’ को ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS