काठमाडौं, मंसिर १ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ ।
टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए ।
‘‘टनेलको फिनिसिङ सकिनै लागेको छ । समग्रमा ९८ प्रतिशत काम सकिएको छ,’’ उहाले भने ‘‘विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षण भइरहेको छ ।”
FACEBOOK COMMENTS