काठमाडौं, चैत १० –एसके ईन्टरटेनमेन्टले आयोजना गर्ने ‘मिस एण्ड मिसेस इन्डिजिनियस-२०२१’ को अडिसन सम्पन्न भएको छ ।अडिसनमा ३७ जना प्रतियोगीहरुको उपस्थिती थियो ।
आदिबासी जनजाति समुदायका अविवाहित तथा विवाहित महिलाहरुको कला, संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको अडिसनमा अभिनेत्री रेजिना उप्रेती, कोरियोग्राफर रोजिन शाक्यसति चिनीमाया गुरुङ, पुजा गुरुङ, आकृति गुरुङ, सुशिला तामाङ, उमा खड्का, चेसाङ तामाङ, एलिशा गुरुङ र रोजिन शाक्य निर्णायकको रुपमा रहेका थिए ।
आदिबासी जनजाति महिलाहरुमा क्षमता भएर पनि सधैं पछि परेका तथा आफूलाई प्रस्तुत गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङ लामाले बताएकी छिन् ।प्रतियोगिताका लागि छनौट हुने प्रतिस्पर्धिहरुलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ ।अडिसनमा उपस्थित हुन नसकेका प्रतियोगितहरुले आयोजना संस्थाको कार्यालयमा अडिसनका लागि आउन सकिने लामाले जानकारी दिईन् ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनेछन् ।