काठमाडौँ ।विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का लागि भोटिङ सुरु भएको छ । पिपुल च्वाइस अवार्ड विधाको लागि सुरु भएको भोटिङ १६ डिसेम्बरमा हुने ग्रान्ड फिनालीमा सम्म गर्न पाइनेछ ।
मिस नेपाल नम्रता श्रेष्ठले यसपटक पटकको मिस वर्ल्ड संस्करणमा सहभागिता जनाउँदैछिन् । नम्रताले भोटिङ गरेर यो विधामा आफूलाई जिताउन विश्वभर छरिएका नेपालीलाई आग्रह गरेकी छिन् ।भोटिङ गर्नको लागि मबस्टार एप डाउनलोड गरेर नम्रताले पोस्ट गरेका फोटोहरुमा लाइक तथा कमेन्ट गर्नुपर्ने हुन्छ । सोही आधारमा उनले अंक प्राप्त गर्नेछिन् । साथै, इन्स्टाग्राममा पनि उनको पोस्टहरुमा लाइक तथा कमेन्ट गर्न सकिनेछ ।
यसअघि पिपुल च्वाइस अवार्ड फेसबुकबाट पनि गर्न सकिने नियम थियो तर, यसमा परिवर्तन गर्दै मिस वर्ल्डले मबस्टरबाट मात्र गर्न मिल्ने नियम ल्याएको हो । गतवर्ष कोरोना महामारीले रोकिएको मिस वर्ल्डको फिनाली आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तोरिकोमा आयोजना हुँदैछ ।
FACEBOOK COMMENTS