एजेन्सी – दाजु मुकेश अम्बानीले इरिक्सन कम्पनीको बक्यौता मुद्दामा बेल दिएपछि भाइ अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन कम्पनी आरकमको मंगलबार बिहान सेयर मूल्यमा ठूलो वृद्धि भएको छ ।
आरकमको सेयर दस प्रतिशतले बढेर ४.४० रुपैयाँमा पुगेर नेशनल स्टक एक्सचेन्जको अपर सर्किटमा लक्ड भएको छ ।
अनिल अम्बानीले वक्तव्य जारी गर्दै भनेका छन्, ‘मेरो अप्ठ्यारो समयमा मलाई साथ दिएर हामी बलियो पारिवारिक मान्यताप्रति अडिग रहनुपर्ने महत्त्वलाई प्रदर्शन गरेकोमा मेरो आदरणीय दाजु मुकेश र नीताप्रति म हार्दिक धन्यवाद टक्राउन चाहन्छु । म र मेरो परिवार कृतज्ञ छौं, हामी विगतभन्दा अगाडि गैसकेका छौं र यो कदमले मलाई गहिरो रुपमा छोएको छ ।’
साथै अनिलले वक्तव्यमा रिलायन्स कम्युनिकेसनले सर्वोच्चको अदेशप्रति बफादार रहँदै इरिक्सनलाई ५५० करोड रकम र ब्याज पनि भुक्तान गरेको लेखेका छन् ।
FACEBOOK COMMENTS