काठमाडौं । मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि मुक्तिनाथ म्युचुअल फन्ड-१ निष्कासन गर्ने भएको छ ।
मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ ले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमा १५ करोड रुपैयाँको इकाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी ८५ करोड रुपैयाँको सर्वसधारणका लागि ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुनेछ । यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
FACEBOOK COMMENTS