काठमाडौं, भदौ १ । मुक्तिनाथ विकास बैंक अन्तर्गतको मुक्तिनाथ रेमिटले ‘७६ साल ७६ उपहार,नामक विप्रेशण अभियान सञ्चालनमा ल्याएको छ ।
चाडपर्वलाई लक्षित गरी भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी यो योजना सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहकहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गर्ने भएको छ ।
७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुतुथ स्पिकर, २० जनालाई प्रेसर कुक्कर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ ईन्चको टिभि, स्मार्ट एच डी, ५ जनालाई फ्रिज २०० लिटर, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गर्ने बैंकले जनाएको छ ।
विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको फेसबुक पेज मार्फत लाइफ हुनेछ । बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।
यस बैंकले हाल देशभर ११८ वटा शाखा, २२ वटा एटिएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
FACEBOOK COMMENTS