काठमाण्डौँ — मुक्तिनाथ विकास बैंक लिमिटेडले आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूलआशयले श्री माध्यमिक विद्यालय मरुवा, कटारी ४ उदयपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग,वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३०० स्थानीयतथाविद्यार्थी सहभागी भैसकेका छन् ।
FACEBOOK COMMENTS