काठमाडौं – मुक्तिनाथ विकास बैंकले दाङ जिल्लाको घोराही र बर्दिया जिल्लाको गुलरीयामा दुई नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे ।
त्यस्तै, गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे ।
हालसम्म बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS