काठमाडौं, पुस २८ – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अतिदयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
चमेलीका श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो । उक्तसहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिनकिशोर श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
मुक्तिना थविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदानगर्दै आई रहेको छ ।
FACEBOOK COMMENTS