काठमाडौं,चैत २ – मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा हितग्राही (डिम्याट) खाता निः शुल्क खोल्न सकिनेछ ।
बचत खाता खोल्दा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटलसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिनेछ । उक्त योजना सीमित अवधीको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।
बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवालगायतका सेवाहरु पनिप्रदानगर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS