काठमाडौं,पुस २३ – मु्क्तिनाथ विकास बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले एक विज्ञापन प्रकाशित गर्दै विभिन्न ३ पदमा गरी १३५ जना कर्मचारी माग गरेको हो ।
बैंकले काठमाडौँ भित्र र बाहिर काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ भने ट्रेनी असिस्टेन्ट ८० जना माग गरेको छ ।
यस्तै एसएमबी -स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरिएको छ ।
FACEBOOK COMMENTS