काठमाडौं, माघ ११ –आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिदै छन् ।मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह तय भएको थियो।संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए ।
विवाहको अवसरमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा प्रीति भोजको आयोजना गरिदैछ ।मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।
विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ ।
मुख्यमन्त्री राईको विवाहको चर्चा आफूभन्दा आधा उमेरकी युवतीसँग विवाह गर्न लागेकाले पनि भइरहेको छ ।अहिले ४९ बर्षका भए भने ज्याङ्मु अहिले २३ बर्षकी छन् ।
२०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन् । एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन् ।
FACEBOOK COMMENTS