काठमाडाैं, असोज ५ – भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ । मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ । मुम्बईबाट ४० किलोमिटरकव दूरीमा रहेको भिवान्डीमा उक्त भवन भत्किएको राष्ट्रिय विपद प्रतिकार्य बलले जनाएको छ ।
आपतकालीन उद्धार दलका ४० जना सदस्यले उद्धार कार्य गरिरहेको राष्ट्रिय विपद् प्रकिकार्य बलले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका थिए ।
उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली दिएका छन् । उनले भनेका छन्, यस घटनामा घाइतेहको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । उद्धार कार्य जारी छ र प्रभावितहरुलाई आवश्यक सहयोग गरिनेछ ।
FACEBOOK COMMENTS